दयाहाङ राई र मिरुना मगरको ‘जारी’ वैशाखमा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  367 पटक हेरिएको

अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ वैशाखमा रिलिज हुने भएको छ। निर्माता  रामबाबु गुरुङले फिल्मको प्रदर्शन मिति वैशाख १ लाई लक गरेको जानकारी दिएका छन्।

कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन्। सुब्बा कबड्डी सिरिजका लेखकसमेत हुन्।

फिल्ममा दया र मिरुनाका साथमा प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको छ।

फिल्म ‘जारी’ झरना थापाको आगामी फिल्म ‘भगवत गीता’सँग जुध्ने भएको छ। झरनाले पनि आफ्नो निर्देशनको नयाँ फिल्म वैशाख १ मै रिलिज गर्ने घोषणा गरेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार