काठमाडौँ । विश्वकिर्तिमानी लक्षु प्रकाश मल्लको आवाजमा रहेकाे ‘त्यही रहेछ’ बोलको गीत सार्बजनिक भएको छ । स्टार म्युजिक सेन्टरको अफिसियल युटुब च्यानलमार्फत ‘त्यही रहेछ’ गीतको म्युजिक भिडियो बजारमा अाएकाे छ ।
मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको थियो। ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो। संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भए ।
बिनोद कार्कीको शब्द र संगीत रहेको उक्त गीतलाई मनोज डंगोलले मिक्सिङ र मास्टरिङ गरेका हुन । अशोक बि.क ले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन र कलर गरेका हुन । भिडियोमा बिना राउत र सगुन खत्रीको अभिनय समेटिएको छ ।

253 पटक हेरिएको 

