काठमाडाै । लोक दोहोरी गायिका टीका पुनको एकल साँझ हुने भएको छ ।
आज रिपोर्टस क्ल्वमा सर्जक उदिराम खड्काको अध्यक्षतामा चर्चित गायक राजु परियार प्रमुख अतिथि, गायक कृष्ण कँडेल, गायिका मिना लामा, गायक/संगीतकार मन बहादुर पुन, गायक अमृत खाँती, गायिका करिष्मा घर्ती मगर, गायक/ सञ्चारकर्मी राज कुमार रायमाझी, पत्रकार /निर्देशक प्रकाश बराइली अभिव्यक्तीको आतिथ्यमा पत्रकार सम्मेलन गरि यहि माघ २१ गते ‘टीका पुन सांगीतिक साँझ’ हुने जानकारी गराइएकाे छ।
काठमाडौंस्थित नेपाल प्रतिष्ठानमा हुने उक्त एकल साँझमा टीकाले आफ्ना चर्चित गीत सुनाउने छिन् । दुई दशक लामो समय सांगीति क्षेत्रमा बिताएकी टीकाका थुप्रै गीत चर्चित छन् ।
‘लालुपाते फुल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पूजा गर्छु मायाको’ लगायतका गीत टीकाले कार्यक्रममा गाउनेछिन् ।

223 पटक हेरिएको 

