गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना’

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  255 पटक हेरिएको


काठमाडौं । गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना गीत सार्बजनिक भएको छ ।

बहु प्रतिभाशाली गायक रायमाझीको स्वर, रचना र संगीत रहेको नयाँ बर्षको शुभकामना गीतमा गायक तथा संगीतकार मन बहादुर पुन, लक्षु प्रकाश मल्ल र गायिका कामना वली र नविना घिसिङ्गले साथ दिएका छन ।

लामो समय देखि नेपाली गीत, संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिरहेका रायमाझीको नयाँ बर्षको शुभकामना गीतमा फरक स्वाद भेटिन्छ । यो गीतमा लक्षु प्रकाश मल्लको संगीत संयोजन, बिजय बुढाको रेकडिङ र कृष्ण पुनको मिक्सिङ रहेको छ ।

राज कुमार रायमाझीको अफिसियल यूटयूव च्यानलबाट सार्बजनिक गरिएको नयाँ बर्षको शुभकामना गीतमा राज कुमार रायमाझीको निर्देशन, प्रिया राज्य लक्ष्मी शाहको नृत्य निर्देशन, मन बहादुर पुनको छायांकन तथा सम्पादन, राज कुमार रायमाझी, मिलन लामा, प्रिया राज्य लक्ष्मी शाह, निर्मल काकी र कला नेपालीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार