आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ गीत धन्यवाद बजारमा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मानसिंह बि.क.  220 पटक हेरिएको

मानसिंह बि.क.

लिबाङ । रोल्पा जिल्लाबाट निरन्तर कलाकारीतामा लागेका आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ धन्यवाद बोलको गीत बजारमा आएको छ । गायन क्षेत्रमा आफूलाई वाल्यकालदेखि नै समर्पित गर्दै आएका इन्द्र पाखे मगरले यस भन्दा अगाडि धेरै गीत आफ्नै शव्द, संगीत एवं आफ्नै स्वरमा बजारमा लिएका छन । यही निरन्तरताको क्रममा धन्यवाद बोलको गीतलाई पनि उनले बजारमा लिन सफल भएका छन । आफ्नै स्वर तथा संगीतमा सजिएको ‘धन्यवाद’ बोलको गीतलाई कार्यक्रममा सहभागी राजनीतिक दल समाजसेवीहरुले पनि पाखे मगरलाई धन्यवाद व्यक्त गरेकथिए ।
धन्यवाद गीतलाई रोल्पाको लिबाङमा समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । रोल्पाको दर्शक तथा श्रोताहरुको माझमा परिचित पाखे मगरको यो गीतले नयाँ चर्चा पाउने आशा गरिएको छ ।
उक्ता गीत काठमाडौंको राष्ट्रिय नाँचघरमा २०७९ पौष २३ गते छैठौ मनास्लु राष्ट्रिय अवार्ड समाहरोहमा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीको प्रमुख आतिथ्यतमा राजनीतिक दल, समाजेवी र पत्रकारको बीचमा उक्त गीतको विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीले कलाकारीता पेशाबाट पनि देशलाई चिनाउन सकिने बताउँदै जनताको जीवनलाई यतार्थरुपमा चित्रण गर्नुपर्ने बताएकाथिए । उहाँले कलाकारीता पेशाबाट देशको सेवा गर्नका लागि आग्रह गरेका थिए । कार्यक्रम मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष तथा प्रधान सम्पादक मन बहादुर पुन मगरको अध्यक्षता भएको थियो ।
कलाकार पाखे मगरले छैठौ मनास्लु राष्ट्रिय अवाड २०७९ अवार्ड समेत प्राप्त गरेका छन । आफू सधै कलाकारीता पेशाबाट समाजमा भएका विकृति विसंगतिको विरुद्धमा सधै गीतको माध्यमबाट समाज र समुदायलाई सचेत गराउने, कला सँस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा जोड दिने बताएकाछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार