गायक देवीराम राना मगरको मौलिक लोक भाका सजिएको गीत ‘पानी गंगाको’ सार्वजनिक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  28 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौं । पछिल्लो समय लोक गीत संगीतको क्षेत्रमा मौलीकताको खडेरी पर्दै गएको बेलामा चर्चित गायक देवीराम राना मगरको मौलिक लोक भाका समावेश भएको गीत ‘पानी गंगाको’ सार्वजनिक भएको छ ।
सुर्य कुमार परियारको शब्द रहेको गीतमा गायक देवीराम राना मगर र गायिका शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ ।

त्यस्तै देवीराम राना मगरको मौलिक लय सिर्जना रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट गोविन्द अनेक र कमल थापा हुन् ।

खड्ग बहादुर पुन मगर (खबपु)ले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा देवीराम राना मगर र ममता राना मगरले अभिनय गरेका छन् । अजय रेग्मीको टिमले छायांकन गरेको भिडियोलाई दिपक पुन मगरले सम्पादन र बिष्णु तिमल्सिनाले कलरिङ गरेका हुन् । उक्त म्युजिक भिडियोलाई गायक देवीराम राना मगरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार