काठमाडौं । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा रुचाइएकि गायिका कला रेश्मी महतोको ‘माया बसेको..’ गीत सार्वजनिक भएको छ ।
लोक आधुनिक शैलीमा बनेको यो गीतमा गायिका कला रेश्मी महतो र गायक राजकुमार रायमाझीको स्वर रहेको छ भने अर्जुन कौशलको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ । गीतको रेकडिष्ट, मिक्सिङ निशा कौशलको रहेको छ । रेन्बो रेकर्डिङ स्टुडियो अनामनगर, काठमाडौमा रेकर्ड गरिएको यो गीतको म्यूजिक भिडियोको निर्देशन मन बहादुर पुन र कोरियोग्राफी शशिकला राईको रहेको छ ।
मन बहादुर पुनको छायाँकन, सम्पादन रहेको गीतमा शशिकला राई, संजय थापा, प्रेम गैरे, खरदार चौधरी, बासु चौधरी, महेन्द्र चौधरी, पाएल महतो, अमृता चौधरी, कसिस पञ्जियार र महि चौधरीको नृत्य रहेको छ । यस भिडियो गायिका कला रेश्मी महतोको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।