काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा अमेरिका बसोबास गर्दै आईरहेका गायक अमृत रामदामको नयाँ तीज गीत “बरेली बजारको” सार्वजनिक भएको छ। यस गीतमा अमृत रामदाम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको छ।
बिनोद भण्डारीको निर्देशन रहेको गीतमा प्रशान्त मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिमल अधिकारी, जुना सुन्दास, यादव देवकोटा (सरापे) र बिशालको अभिनय रहेको छ। यस गीतलाई अमृत रामदामको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

566 पटक हेरिएको 

