क्यान्सर पीडित राजेन्द्र लामिछाने मगरको उपचारको लागि सहयोगको अपिल

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  649 पटक हेरिएको


काठमाडौं । क्यान्सर रोग लागेपछि विपि कोइरला मेमोरियल अस्पताल भरतपुर चितवनमा भर्ना भएका राजेन्द्र लामिछाने मगरको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ । सुर्खेतको पन्जपुरी नगरपालिका–८ मा स्थायी बसोबास गर्दै आएका २० बर्षका राजेन्द्र लामिछाने मगरको जीवनरक्षाका परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

क्यान्सर रोगका लागि उपचार, औषधि तथा शैयाको खर्चमै हालसम्म लाखौ रूपैयाँ सकिएको बताउँदै राजेन्द्रका बुवा पदम लामिछाने मगरले छोराको जिवन बचाउन चाहेको बताए । उपचारकै क्रममा आफूसँग भएको रकम खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको बताउँदै बिरामीलाई बचाउन सहयोग माग्नु परेको बताए ।

राजेन्द्रको उपचारको लागि १७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।

‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र !’ राजेन्द्रका बुबा पदमले भने,‘त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं ।’

‘तपाईंहरूकोे सहयोग भए छोराको जीवन बचाउन सकिन्छ भन्ने आशा र भरोसामा छु ।’ शुभेच्छुकले राष्ट्रिय बाणिज्य बैंकमा राजेन्द्र लामिछाने मगरको नाममा रहेको ४२८०१०००२५३२००१० खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार