पाथीभराको घण्टी बिक्री रोकियो

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  100 पटक हेरिएको

काठमाडौं : ​पाथीभरा मन्दिरकापुराना घण्टी बिक्री प्रक्रिया स्थगन भएको छ। घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि पाथीभरा क्षेत्र विकास समितिले घण्टी बिक्री प्रक्रिया तत्कालका लागि स्थगन गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ। यही  मङ्सिर १४ गते गोरखापत्र दैनिकमा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशन गरेको थियो ।

श्रद्धालुले पाथीभरामा चढाएका १६ हजार ३७८ किलो १०० ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम ३८० तोकेर बिक्री प्रक्रिया अगाडि बढाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार