पार्वती बिश्वकर्मा र जन्मत सुबेदीको स्वरमा “ओई माया ओई” सार्वजनिक (भिडियो सहित)

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  463 पटक हेरिएको

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ ।

यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने राजेश कुमारको रंग संयोजन र महेश शिबभक्तिको कस्टुम डिजाईन् रहेको छ ।

उक्त गीतको भिडियोमा मञ्जिता केसी, सुजन सुर्खेती र संगीता अधिकारीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार