
काठमाडौ । तेह्थुम जिल्ला लालीगुँरास नगरपालिका–९ निवासी २५ वर्षीय राकेश कुमार समाल मगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कडा रोग ब्लड क्यान्सर ( AML)बाट पीडित समाल मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
परिवारिक स्रोतका अनुसार समाल मगरको केहि महिनादेखि टिचिङ अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । क्यान्सर रोग लागेर उपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेका एक ब्यक्तिको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । क्यान्सर रोग लागेर आफ्नो भएको श्रीसम्पत्ती सकिएपछि समाल मगरको परिवारले सवै समक्ष सहयोगको अपेक्षा गरेको हो ।
उनको उपचारमा हालसम्म लाखौ रुपैयाँ खर्च भइसकेको र अव ३० लाखवढी रुपैयाँ भए उनको ज्यान बच्ने उनका आफन्तले बताए ।
सामान्य परिवारका समाल मगरको उपचारमा भएको सवै सम्पत्ती सकिएपछि अहिले थप उपचारका लागि परिवारले बिभिन्न संघ, संस्थालाई सहयोगका लागि गुहारेको छ ।
राकेश समाल मगरलाई सहयोग गर्नेको लागि : कनमाया समाल मगरको नाममा रहेको कुमारी बैंक , खाता नम्बर २५७०२१७७७५७००००१ मा सहयोग गर्न सकिनेछ । बिरामीको आफन्तको ९७४६८५५७७२ / ९८१५३५३८५४ मा सिधै सम्पर्क गर्नसक्नुहुनेछ ।

1312 पटक हेरिएको 

