विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  368 पटक हेरिएको

काठमाडौं : विष्णु माझीको नयाँ गीत  ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक गरेकी छन् ।

सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन् । ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ ।

गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ । यस गीतको सिर्जनामा पनि माझीको सदाबहार टिमकै निरन्तरता छ । गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी नै हुन् ।

भिडिओमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा अभिनय गरेकी मोडल ललिता पौडेल छन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ।  शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार