
काठमाडौं । गायक एवं सर्जक भरत परियारले “तीजैको लहर मनै हरर” बोलको तिज गीत ल्याएका छन् ।
गायक परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गायक भरत परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोता माझ ल्याएको गायक परियारले बताए । गीतको शब्द र संगीत पनि गायक परियार कै रहेको छ भने गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन, समित परियारको ध्वनी सम्पादन रहेको छ ।
त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन्। सुरज आचार्यले गीतको कोरियोग्राफी गरेका छन्। उक्त भिडियोमा भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ ।
यस भन्दा अगाडि पनि आफूले धेरै गीतहरु बजारमा ल्याइसकेको जनाउँदै गायक परियारले यस पछिल्लो गीत “तीजैको लहर मनै हरर” मार्फत ठूलो सफलताको अपेक्षा गरेको बताए ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

431 पटक हेरिएको 

