बक्स अफिसमा माथि चढ्दै ‘परम सुन्दरी’

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  एजेन्सी  226 पटक हेरिएको

मुम्बई । शुक्रवारबाट भारत सहित विश्वव्यापी प्रदर्शनमा आएको बलिउड चलचित्र ‘परम सुन्दरी’को व्यापार आशातीत रहेको यसका निर्देशक तुषार जलोटाले आइतबार बताएका छन् । चलचित्रको व्यापार पहिलो भन्दा दोस्रो दिन एक तिहाइले बढेपछि जलोटाले खुसी व्यक्त गरेका छन् ।

म्याडक फिल्म्सको प्रस्तुत रहेको यो चलचित्र रोमान्टिक कमेडी जनरामा निर्माण भएको छ । सुरुमा यो चलचित्र २५ जुलाईमा रिलिज गर्ने भनिएको थियो । तर निर्धारित समयमा चलचित्रको निर्माण सम्पन्न नभएको पछि यसलाई ३१ जुलाईमा रिलिज गरिएको हो ।

यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा ७.३७ करोडको व्यापार गरेको थियो । शुक्रवार भन्दा चलचित्रको व्यापार शनिवार निकै राम्रो भएको छ । शनिवार यो चलचित्रले स्वदेशी बक्स अफिसमा १०.७ करोडको व्यापार गरेको छ । ‘परम सुन्दरी’ले दुई दिनमा स्वदेशी बक्स अफिसमा कुल १७.४४ करोडको व्यापार गरेको भारतीय बक्स अफिस रिपोर्टमा उल्लेख गरिएको छ ।

रिलिज भएको तेस्रो सातामा आइपुग्दा ‘कुली’ र ‘वार २’को व्यापार निकै घटेका कारण यो चलचित्रको आइतबार अझ राम्रो व्यापार हुने अपेक्षा निर्माण पक्षको रहेको छ ।

यो चलचित्रमा सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर शीर्ष भूमिकामा छन् । सिद्धार्थ र जान्हवीको प्रेम कथालाई ‘परम सुन्दरी’मा दर्शकले अहिले रुचाएका छन् । दिल्लीको सेरोफेरोबाट सुरु भएको कथामा बनेको यो चलचित्रको कथा जीवनसाथी खोज्ने क्रममा दक्षिण भारतको केरलामा पुग्छ । त्यहाँकी युवतीलाई परम सुन्दरीको रूपमा दिल्लीको युवाले प्रेम गर्दाको आरोह अवरोह यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार