फिल्म ‘धागो’ को ‘ट्याउँट्याउँ’ बोलको गीत सार्वजनिक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  208 पटक हेरिएको

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘ट्याउँट्याउँ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा चर्चित गायक पुष्पन प्रधान र आकांक्षा थापाको स्वर सुन्न सकिन्छ। पुष्पन प्रधानकै शब्द र संगीत रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ ।

गीतको भिडिओमा  बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतकाे अभिनय छ। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन् ।

निर्देशक उदिप राना थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो। भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरेर गीतको प्रिमियर गरिएको छ ।

उदिप राना थापाले यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ ।

यस फिल्ममा सुरक्षासँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतको अभिनय छ। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन् ।

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुँदैछ ।

‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार