आयुष्मान र रस्मिका स्टार फिल्म ‘थामा’ ले कति कमायो ?

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  117 पटक हेरिएको

म्याडक फिल्म्सको हरर कमेडी फिल्म ‘थामा’ ले पहिलोदिन आक्रामक कमाइ गरेको छ। दिपावलीको अवसरमा रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा २४ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको छ।यस फिल्ममा आयुष्मान खुराना र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। ‘स्त्री २’ को सफलता पछि म्याडक फिल्म्सको यो नयाँ हरर कमेडी हो। निर्माताहरूले गत वर्ष फिल्मको घोषणा गरेका थिए। र, त्यसबेलादेखि दर्शकहरू यस फिल्मको प्रतिक्षामा थिए।

रिलिजको पहिलो दिनमा दर्शक र समीक्षकहरूबाट अत्यधिक सकारात्मक समीक्षा प्राप्त गरेको छ, जसको परिणामस्वरूप थिएटर बाहिर दर्शकहरूको लामो लाइन छ। हलमा राम्रो अकुपेन्ची रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।फिल्ममा आलोक गोयलको भूमिकामा आयुष्मान र तडाकाको भूमिकामा रश्मिका छन्। त्यसैगरि, यक्षसनको भूमिकामा नवाजुद्दीन सिद्दीकी र राम बजाज गोयलको भूमिकामा परेश रावल देखिएका छन्।

सन् २०२५ साल बलिउडको लागि बक्स अफिसमा राम्रो वर्ष रह्यो। यस वर्षको शीर्ष ओपनिङमा छावा, सिकन्दर, सैयारा र वार २ जस्ता फिल्महरू समावेश छन्। अब, थामा पनि यो सूचीमा सामेल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार