बुद्धिराज बस्यालको मौलिक गीत “गाँउ घरको माँया” सार्वजनिक (भिडियो सहित)

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  365 पटक हेरिएको

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक अनी मौलिक गीत “गाँउ घरको माँया” सार्वजनिक भएको छ।

सो गीतमा मौलिकता र स्याङजाको घोप्टे गाँउको पृष्ठभुमीलाई भिडियोद्धारा प्रस्तुत गर्न कोसिस गरिएको छ। सांगीतिक बजारमा मौलिक गीत भन्दा पनि चर्चा पाउनका लागी अनेक पर्पाेकान्ड मच्चाउने गीतहरु आईरहेका छन्। तर पनि यस कुरालाई बेवास्ता गर्दै आफ्नो धरातल र आफ्नो पृष्ठभुमीलाई नबिर्सिएर मौलिक गीत गाँउ घरको माया सार्वजनिक भएको छ।

यस गीतमा बुद्धीराज बस्याल र सम बस्यालको स्वर रहेको छ भने बुद्धीराज बस्यालको शब्द, संगीत रहेको छ। साथै यस गीतमा अर्जुन थापा मगरको एरेञ्ज,बिमल छिनालको मिक्सिङ रहेको छ।

गीतको भिडियोमा अर्जुन थापा मगरको निर्देशन रहेको छ भने सुशिल डाँगीको छायांकन र सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बुद्धीराज बस्याल र सम बस्यालको अभिनय रहेको छ। यस गीतलाई बुद्धीराज बस्यालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार