पौष १९ गते राष्ट्रिय नाचघरमा ९औं मनास्लु राष्ट्रिय अवार्ड—२०८२ हुँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  196 पटक हेरिएको


काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा हुने प्रतिष्ठित अवार्डका रूपमा स्थापित ९औं मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को नवौं संस्करण तथा वृहत सांस्कृतिक कार्यक्रम यहि पौष १९ गते शनिवार राष्ट्रिय नाचघर जमलमा काठमाडौंमा हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौं संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्याक्तित्वहरु साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक, सम्पादक, गीत संगीत, कलाकार, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधामा श्रष्ट्राहरुको मनोनयन गर्ने भएको छ । आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन सांस्कृतिक गरिमा विधा थपिएको छ ।

मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनको संयोजकत्वमा अवार्ड मूल समारोह समितिका साथै विभिन्न उपसमितिले मनोनयन गरेको एक विधा एक स्टार ९औं मनास्लु राष्ट्रिय अवार्ड—२०८२ पौष १९ गते प्रदान गरिने कार्यक्रममा यस बर्ष सांस्कृतिक गरिमा सम्मान गरिने भएको छ ।

२०७४ बाट सुरु भएको मनास्लु राष्ट्रिय अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको ९औं मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांंस्कृतिक प्रस्तुति रहने छ भने बुद्धिजीवी, व्यापारी, सामाजिक सेवा, नेपाली चलचित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार