काठमाकौ कार्तिक । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार… मनास्लु पोष्टकोे शुभारम्भको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड – २०७४ आगामी पौष १ गते राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।
साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, मोडल, शिक्षासेवी, पत्रकार,लगाएत अन्य बिधाहरुमा “एक विधा एक स्टार” को लागी उत्कृष्ट ब्याक्तीको नाम छनौट भैसकेको अर्वाड निर्णायक समितिले जनाएको छ ।
“एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड–२०७४ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई वान स्टार सहित अर्वाडद्धारा सम्मान गरिने बताइएको छ ।
सम्वन्धित क्षेत्रका व्याक्तीहरुलाई अवार्ड विज्ञ समुहले छनौट गरेको हो । मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुतिको लागि नृत्य प्रशिक्षण भइरहेको आयोजक समितिका संयोजकले बताए ।

970 पटक हेरिएको 

