
नेपाली चलचित्र एवं म्युजिक भिडियोको रङ्गमञ्च दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वोकृष्ट मोडल हात पारेका जगत पतेलले शनिवार हिमालयन वृदा आश्रम गंगबु काठमाडौका ३५ जना बृद हरुलाई भोजन गराएका छन भने बृद आश्रममा रहेका सबैलाई लट्टा कपडा प्रदान गरेका छन ।
निसकोट ६ म्याग्दीमा जन्मिएका जगत पतेल नेपाली कथानक चलचित्र कसिङ्गरमा अभिनय गरि औपचारिक रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनि चलचित्र कसिङ्गरको निर्माता पनि हुन ।
युवा पुस्ताका आशा लाग्दा मोडल अभिनेता जगत पतेल अहिले सम्म डिकेश मगरको निर्देशनमा रहेको म्यूजिक भिडियो फुल टिप्दा घोच्यो काँडैले लोक दोहोरी लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।

1718 पटक हेरिएको 

