बुवा गोपाल निरौला र आमा निर कुमारी निरौलाको कोखबाट काठमाडौं, ज्ञानेश्वरमा जन्मिएकी अहिलेकी चर्चित हास्य कलाकार सुसिला निरौला (बिमली)टेलिसिरियल, म्युजिक भिडियो, कार्यक्रममा ब्यस्त छिन् । बि. सं. २०५७ साल पुस २७ गते देखी अभिनय क्षेत्रमा उनी प्रवेश गरेकी बिमली सुरुवातमा कोरस डान्सको रुपमा नृत्य गरेकी थिएन ।
थोरै भए पुगी सरीबाट औपचारिक रुपमा अभिनय सुरुवात गरेकी विमलीले तितो सत्य, मेरी बास्सै, लगाएत २ हजार भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् । साथै उनले अन्दाज, दिपशिखा, भाईमारा, माया यो कस्तो माया फिल्महरुमा पनि अभिनय र ९ वटा फिल्ममा सहायक नृत्य निर्देशकको रुपमा काम गरिसकेकी छिन् । सानोमा उनको पढाईमा पनि राम्रै थियो स्कुले जीवनमा उनि बढी नाँच्ने, गाउने, अभिनय गर्ने गर्थिन उनि प्राय प्रतियोगीतामा सहभागी भएर पुरस्कार हात पार्न सफल हुन्थिन । पछिल्लो समयमा उनि देश तथा बिदेशका स्टेज कार्यक्रममा पनि निकै ब्यस्त छिन् ।
उनि भन्छिन् “ म त बिहे गर्नका लागी ५० प्रतिशत रेडी छु तर ५० प्रतिशत केटा भेटिएका छैनन् । भने जस्तो केटा पाए यो क्षेत्रलाई बुझ्ने , मलाई साथ सपोर्ट गर्ने केटा पाए बिवाह गर्न तयार छु ।’’ उनि अहिले कान्तिपुर एफ एममा हरेक मंगलबार बिहान १० बजे देखी ११ बजे सम्म प्रसारण हुने हास्य कार्यक्रम गज्जव छ बा मा कार्यक्रम सञ्चालिकाको रुपमा कार्यरत पनि छिन् । हाल रिसानी माफ, ट्वाक्क टुक्क रिटन, हाकाहाकी सिरियलमा अभिनय गर्दैै आई रहेकी छिन् । उनको अभिनयको यात्राले अझै सगरमाथाको शिखर झै पाईला चुम्न सफल होस् यही कामना छ ।

1164 पटक हेरिएको 

