मोडल सुस्मा अधिकारीले हात पारिन अाे.एस.नेपाल अवार्ड

  Manaslu Post  1260 पटक हेरिएको

 दोस्रो संस्करण OS Nepal Music Award 2075 असार २४  गते  सम्पन्न भएको छ । विभिन्न ७४ वटा बिधाहरुमा अवार्ड बितरण गरिएमा महिला पप मोडल तर्फ  नायिका तथा मोडल सुस्मा अधिकारीले अवार्ड हात पार्न सफल भएकी छिन । अधिकारीले रितुहरु फर्किए गीतबाट अवार्ड जित्न सफल भएकी हुन् ।

दर्जनौं म्युजिक भिडियो र आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गर्नुका साथै देश तथा बिदेशका कार्यक्रममा पनि आफ्नो प्रस्तुती देखाएर लाखौ दर्शक स्रोताहरुको नजरमा बस्न सफल भएकी छिन ।

दोस्रो संस्करण Os Nepal Music Award 2075 हात पार्नुमा खुसी ब्यक्त गर्दै यो मेरो मेहनत मात्र नभई लाखौ दर्शक स्रोताहरुको माया पनि हो  । उनी थप्छिन ” सायद दर्शक स्रोताहरुको माया नपाएकी भए मैले यो अवार्ड जित्न असफल हुने थिए । आगामी दिनमा पनि यस्तै मायाको आशा गरेकी छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार