
काठमाडाै । असिमित प्राकृतिक अवसर नेपाल (UNO Nepal)ले यहि श्रावन ११ गते शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा महिला साहसिक हिमाल आरोहीलाई सम्मान कार्यक्रम तथा सगरमाथा सरसफाई अभियान २०७५ को पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगरमाथा आरोहन गरेका तिन महिला पासाङ ल्हामु शेर्पा, याङ्डी शेर्पा र ल्याक्पा याङ्जी शेर्पालाई खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्मान गर्न लागेको असिमित प्राकृतिक अवसर नेपालका अध्यक्ष पि के शेर्पाले मनास्लु पोष्टलाई बताए ।
यसै सन्दर्भमा सगरमाथा सरसफाई अभियान २०७५ को पत्रकार सम्मेलनका साथै पासाङ ल्हामु शेर्पा, याङ्डी शेर्पा र ल्याक्पा याङ्जी शेर्पालाई सगरमाथा आरोहन गर्न सहयोग गर्ने संघ संस्था एव व्याक्तिहरुलाई आरोही महिलाहरुको तर्फबाट सम्मान तथा धन्यबाद दिने कार्यक्रम रहेको जानकारी गराए ।

2426 पटक हेरिएको 

