नेपाली तीज गीतमा मौलिकता हराइरहेको बेलामा चर्चित गायिका कल्पना श्रीपालको मौलिकपनले भरिपूर्ण तीज गीत टाढाको माइती बजारमा आएको छ ।
यो गीतमा लयरशब्द चर्चित सर्जक तथा गायक किरण बाबु पुनको रहेको छ भने चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज हामी सुन्न पाउँछौं।चर्चित एरेन्जर केशब बडुको एरेन्जर,मिन रानाको रेकर्डिङ्ग,कुमार सानु पुनको मिक्सिङ्ग रहेको यो गीत अहिलेको चर्चित एवं ब्यस्त स्टुडियो शंकरा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन,राजेश घिमिरेको छायांकन,बिष्णु शर्माको सम्पादन रहेको यो गीतमा मिनुज राना र सृजना रेश्मीको अभिनय रहेको छ । गीतलाई गायिका कल्पना श्रीपालकै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ । मनास्लु पोष्टको तर्फबाट गीतको सफलताको शुभकामना ।

2842 पटक हेरिएको 

