श्रीनेहा पोखरेलको ‘तीज गीत आयो लै लै…’ सार्वजनिक (भिडियोसहित)

  मनास्लु पोष्ट  1018 पटक हेरिएको

नेपाल स्नेही काखको सहयोगार्थ श्री नेहा पोखरेलको ‘तीज आयो लै लै…’ गीत सार्वजनिक भएको छ । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा गीतलाई सार्वजनिक गरिएको हो ।

चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, नेपाल स्नेही काखकी श्रीनेहा पोखरेल, निर्देशक विरेन्द्र भाट ‘विपिन’ले गीतलाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा यो एल्बमबाट सङ्कलन भएको रकम संस्थामा जम्मा हुने श्रीनेहा पोखरेलले बताईन । यो पुनित कार्यका लागि सबैको साथ सहयोग मिल्ने अतिथिहरुले बताए ।

नेहा पोखरेलको शब्द रहेको गीतमा भुमिका पौडेलको स्वर रहेको छ । किरण चापागाईंको सङ्गीत रहेको गीतलाई विलन थापा मगरले सङ्गीत संयोजन गरेका छन् ।

केशवप्रसाद रिजालको निर्देशन रहेको गीतको भिडियोमा श्री नेहा पोखरेल, अमृता खनाल, इष्टु कार्की, रमिला पोखरेललगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

विरेन्द्र भाट ‘विपिन’को छायाँकन/सम्पादन रहेको भिडियोमा आर आर सिमखडाले कोरियोग्राफ गरेका हुन् ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको  नेपाल स्नेही काखमा अहिले २१ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको जसको स्यार सुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार