लाेकप्रिय गायक सुरेश शाहीकाे देउडा गीत “झ्याम पैतली झ्याम्म“ सार्वजनिक(भिडियाेसहित)

  मन बहादुर पुन  1074 पटक हेरिएको

https://www.youtube.com/watch?v=asQeXWsfLD0

काठमाडौं । गायक तथा संगीतकार सुरेश शाही र पुष्पा बोहराको सुमधुर आवाजमा रहेको मौलिकतापन बोकेको देउडा गीत “झ्याम पैतली झ्याम्मको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु बजारमा पस्किसकेका गायक सुरेश शाही सुमधुर स्वरका धनि मात्र हैनन लाेकप्रिय एरेन्जर पनि हुन ।
विभिन्न स्टेज कार्यक्रमहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंञ्जन दिन सफल गायक सुरेश शाहीको ‘झ्याम पैतली झ्याम्म अहिले चर्चाको शिखर टेक्दै गरेको छ।

सुरेश शाहीको शब्द संगीतमा रहेको यस गीतमा बिनोद बाजुरालीको संगीत संयाेजन रहेको छ ।

छायांकार , निर्देशक तथा सम्पादक बिरेन्द्र भाट विपिनको निर्देशनमा तयार भएको म्युजिक भिडियो वल्र्ड कभर मिडिया प्रा.लिले बजारमा ल्याएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार