https://www.youtube.com/watch?v=uI4JWEUmvPo
मन बहादुर पुन
काठमाडौ । नेपाली कलाकारीता क्षेत्रमा पृथक पहिचान बोकेर नव कलाकार बुद्ध सुन्दासको प्रबेश भएको छ । निलकण्थ नगर पालिका २ सोह्घर धाडिङमा जन्मिएका सुन्दासले मलाई थाहा छ टेलिफिल्ममा हास्यकलाकारको भुमिकामा अभिनय गरेर कलाकारिता क्षेत्रमा प्रबेस गरेका हुन भने उनले धेरै छोटो चलचित्रहरुमा अभिनय गरिसकेका छन ।

लोक संगीत पारखीहरुको लागि बेग्लै खुराक दिदै आएका गायक कलाकार निर्देशक लक्ष्मण नेपालीले निर्देशन गरेको म्युजिक भिडियो आकाशैमा जुन तारामा पनि आफ्नो कला देखाउने अवसर जुटेको छ सुन्दासलाई ।
बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेका बुद्ध सुन्दास आफु बाचुन्जेल नेपाली लोक संगीत र कलाकारितालाई अंगाल्ने बताउछन ।

1077 पटक हेरिएको 

