बिरेन्द्र भाट ‘बिपिन’ले हातपारे सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  1262 पटक हेरिएको

काठमाडाै । शुक्रबार सम्पन्न सातौं म्युजिक खबर म्युजिक अवार्डमा सम्पादक बिरेन्द्र भाट ‘बिपिन’ले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड जित्न सफल भएका छन् । ‘माया लाउने यहि ज्यान हो’ बोलको गीतको म्युजिक भिडियो सम्पादनबाट उनले यो बर्षको अवार्ड जित्न सफल भएका हुन् ।
बिराटनगरमा सम्पन्न भएको अवार्ड समारोहमा अवार्ड लिँदै बिपिनले भिडियो सम्पादनको क्षेत्रमा कामगर्दै जाँदाको मिठो प्रतिफल पाउँदा खुसी लागेको बताए । ‘काम गर्दै जाँदा अवार्डबाट सम्मान हुँदा निकै खुसी लागेको छ, साथै भोलीका दिनको कामका लागी अझै जिम्मेवारी बढेको अनुभूति गरेको छु’, बिपिनले भने । डेढ दशक अघिदेखी सम्पादन र छायांकनको कार्यगर्दे आएका बिपिनले म्युजिक भिडियोसँगै केहि चलचित्र पनि सम्पादन गरि सकेका छन् ।

MANASLU TV मा subscribers गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार