कलाकारिताको रंग र संगीतको सुरमा ज्योति

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  959 पटक हेरिएको

काठमाडौं – क्यानभासमा रमाउने ज्योति प्रकाश बिकेले कुचीसँगै संगीतलाई पनि आफ्नो सिर्जनाको माध्यम बनाउने  गरेका छन् ।

चित्रकारिताले बिकेलाई समाजमा सम्मान र जिविका दुवैको अवसर जुटाइदियो । यतिबेला भने मनको सौख पूरा गर्न उनी संगीततिर होमिएका छन् । ‘पहिले समाजसँग जुध्न गाह्रो थियो,’ उनले सुनाए ‘अहिले राम्रो सिर्जनाका लागि आफैंसँग जुध्न परेको छ । चित्रकारितासँगै संगीत पनि सँगै लिएर जाने उद्देश्यले यतातिर पनि समय दिन थालेको छु ।’ संगीतको यही रहरलाई पछ्याउँदै उनले आफ्नो पहिलो एल्बमका रुपमा उनले ‘जून र ज्योति’ लिएर आएका छन् ।

तर उनका कलाकारिताको रंग र संगीतको सुरमा विगतमा भोगेका पीडाको झल्को भने उस्तै भेटिन्छ ।

त्रिभुवन विश्व विद्यालयमा चित्रकलाको प्राध्यापन गर्ने उनी त्यो कामसँगै आफ्नो व्यवसायिक चित्रकारितालाई संगीतसँग जोडन सक्रिय छन् । गीत र संगीतको क्षेत्र फरक भएपनि उनले माध्यम मात्र फरक भएको बताए । ‘चित्र कोर्ने कुरा विशुद्ध आफ्नो निर्णयमा भर पर्छ तर संगीतमा अरुको पनि साथ चाहिन्छ,’ उनले दुवैको भिन्नता बुझाए ।  उनले गतवर्ष मधुशाहीले लेखेको तीज गीत ‘चोली टिमिक्कै, मा  पनि संगीत समेत भरेका थिए ।

नेपाल ललितकला  प्रज्ञा प्रतिष्ठानले निकालेको गीत ‘उठौं कलाकार’ पनि बिकेकै संगीत तथा स्वर रहेको छ । एउटा एल्बम बजारमा पुग्दा नपुग्दै उनी अर्को एल्बमको तयारीमा जुटेका छन् । गीत रेकर्डिङको खर्च  उनले  चित्रकलाको बिक्रिबाट पूर्ति गर्ने गरेका छन् ।

‘एउटा चित्र बेचेर एउटा गीत रेकर्डिङ गर्छु,’ बिके भन्छन् ‘बिहान साढे पाँच बजेदेखि हरेक दिन एक बजेसम्म चित्र बनाउँछु अनि रियाज गर्छु ।’गायनसँगै बिके नयाँ चित्रकला प्रदर्शनीको तयारी पनि उनी गरिरहेका छन् ।

 

https://www.youtube.com/watch?v=BN4zk9GBbrk&feature=share

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार