.सरु बोहरा सानूको ‘फेरि आयो दसैँ तिहार…’ गीत सार्वजनिक.

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  980 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाै । लाेक गायिका सरु बोहरा सानूको स्वरमा ‘फेरि आयो दसैँ तिहार…’ गीत सार्वजनिक भएको छ । म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको प्रस्तुतिमा सानूको दशैँ तिहार विशेष गीत ‘फेरि आयो दसैँ तिहार’ को भिडियो सार्बजनिक भएको हो । सरुकै लय र शब्द रहेको गीतमा  गायक नेत्र भण्डारीले सरुलाई स्वरमा साथ दिएका छन् ।

सञ्चारकर्मी तथा कलाकार प्रकाश बराईली ‘अभिब्यक्ती’को निर्देशन रहेको गीतको भिडियोमा महेश महराको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ भने भिडियोमा बुद्धवीर थापा र शिवन्या तामाङको अभिनय रहेकाे छ ।

‘फेरि आयो दसैँ तिहार…’ गीतमा बिदेश गएको श्रीमानले छुट्टि नपाउदाको पीडा र श्रीमतीले बिदेशिएको श्रीमानको प्रतीक्षामा बसेको बिषय बस्तुलाई समेटिएको छ ।

 

https://www.youtube.com/watch?time_continue=15&v=GYRzmLZqxo8

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार