बाटुले घर छेउमा छमछमी कौंरा, लोपोन्मुख संस्कृतिसँगै रमाउनुको मज्जा नै बेग्लै

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  769 पटक हेरिएको

https://www.youtube.com/watch?v=_PBzAER5dvk

 

पाल्पा । सदरमुकाम तानसेनबाट झण्डै ७० किलोमिटर पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको झिरुवासको खादर पुग्ने जो कोही पनि खुशी हुँदै फर्कन्छ । खादर सदरमुकामबाट लामो दुरीमा रहेकोले बाटोको यात्रामा थकाईको महसुस भएपनि गन्तब्यमा पुगेपछि उसले सबै थकान बिर्सन्छ र बाटुले छेउको कौंरा संस्कृतिसँगै रमाउन थाल्छ । कच्ची बाटोमा हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुँदै खादर पुग्नेहरु बाक्लै देखिन्छन् । किनकी यहाँका बाटुले घर (कुडुले) र लोपोन्मुख कौंरा संस्कृतिसँगै रमाउनुको मज्जा नै बेग्लै छ ।

बाटुले घर मात्रै हैन यहाँको अर्को बेग्लै साँस्कृतिक पहिचान पनि छ । हराउँदै गएको कांैरा संस्कृति जोगाउन स्थानीय बुढापाकाहरु एकजुट भएर लागि परेका छन् । गाउँमा पुग्ने पाहुँनाहरुलाई उनीहरुले कौंरा संस्कृतिसँगै स्वागत गर्छन् । आफूहरु पनि छमछमी नाच्छन् र पाहुनाहरुलाई पनि उस्तै गरि नचाउँछन् । बाँटुले घर र कौंरा संस्कृति दुबैलाई पुर्खाहरुले नै सुरुवात गरेका हुन् । अहिले बुढापाका र युवा मिलेर यस क्षेत्रमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भई कौरा गीत गाउँछन् र नाच्छन् पनि । बुढापाकाहरुले मादल खैजडी र मजुरा बचाउँदै “यो नानीले टोलाएको किन होला बनैमा, भेट हुन रैछ मनैमा” भन्ने जस्ता शब्दमा कौरा गीत गाउँछन् र उनीहरुको गीतसँगै भर्खरका युवतीहरु छमछमी नाच्छन् ।

यहाँको कौरा समूह झिरुवासमा मात्रै हैन अन्य वडाहरुमा समेत कौरा संस्कृति देखाउन पुग्ने गर्छन् । पूर्वी पाल्पाका झिरुवास, सिलुवा, रामपुर, अर्चले, गल्धा, ज्यामिरे, जल्पा, हुमिन, ताहुँ लगायतका स्थानमा मगर समुदायको बाक्लो बसोवास रहेकोले पनि यस क्षेत्रमा कौरा संस्कृतिको बेग्लै महत्व रहँदै आएको छ । औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुका साथै बिवाह बर्तबन्ध लगायतका शुभकार्यहरुमा समेत कौरा संस्कृति प्रस्तुत गरिन्छ

यसर्थ पनि यहाँको बाटुले घर कौंरा संस्कृतिकै कारण झिरुवासको महत्व जिल्लाभर बेग्लै छन् । यो बाहेक झ्याउरे, बालन, रोइला समेत यस क्षेत्रका बिशेषता नै हुन् । गाउँले परिवेशमा रमाउँदै संस्कृति बचाउँदै आएका झिरुवास वासीका लागि अहिले उत्साहको खाँचो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार