मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान

  मनास्लु पाेष्ट समाचारदाता  737 पटक हेरिएको

काठमाडौं । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ ।

नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडी श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरेको हो ।

रत्नपार्क शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार