डिएन घिसिङ
२०६२ सालमा “परे तिम्रै भर…” चर्चित लोकगीत कोसेलीबाट गायन यात्रा प्रारम्भ गरेर अहिलेसम्म दुई दर्जन गीतमा स्वर र दर्जन भन्दा बढी गीतमा संगीत दिइसक्नु भएका अहिलेका निकै ब्यस्त कलाकार हुन गायक सबिन घिसिङ ।
घिसिङ संगीत सृजनामा मात्र होइन समाज सेवामा पनि उतिकै सकृय छन । नेपालमा २०७२ सालको महाभुकम्प पश्चात् उनले ब्यक्तिगत तथा विभिन्न संघ संस्थाहरु सङ्ग मिलेर रामेछाप, धादिङ जस्ता जिल्लाहरुमा नि: शुल्क स्वास्थ्य शीविर सन्चालन गरी प्रभावित हरुलाइ स्वास्थ्य लाभ दिलाए ।
महाभुकम्प पछि देशको पुनर्निर्माणको गतिले सुस्त रुप लिइरहेको बेला अरुको मुख ताकेर नबसौं आफ्नो देश आफै बनाउन युवा शक्ति जुट्नु पर्छ भन्दै- उठौं जुटौं नेपाली युवा, बोलको वीर रशको गीत भिडियो मार्फत देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा देश पुनर्निर्माणको सन्देश प्रवाह गरे। त्यस पछि ०७४ सालको तराईको बाढीपीडितहरुलाइ काठमाडौंको नयाँबसपार्क, जोरपाटी, चावाहील लगायतका बिभिन्न स्थानहरुमा नि:शुल्क रोड कन्सर्टहरु गरी रकम जुटाइ सप्तरी र महोत्तरीका बाढीपीडितहरुलाइ सहयोग गरे ।
जवसम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली गीत सङ्गीतको प्रचारप्रसार हुँदैन तव सम्म बिकास सम्भव छैन भन्ने ठहर गरी नेपाली स्रष्टा र सङ्गीतको प्रवर्द्धनको निम्ति घिसिङले सृजनाको मुल्यांकन श्रष्टाको सम्मान- नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान ! नयाँलाई प्रोत्साहन, अग्रजलाई सम्मान- भन्ने मुल मर्मलाई आत्मसात गर्दै गत बर्ष २०७४ देखी अन्तर्राष्ट्रिय रुपमा पहिलो पटक मलेसियामा हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड समेत सम्पन्न गरेपछि उनको फरक खालको पहिचान भएको हो ।
हिमालयन नेपाली म्युजिक इभेन्ट्स नामक संस्था मार्फत घिसिङले गत २०७५ जेष्ठ महिनामा वर्तमान सेना प्रमुखको प्रमुख आतिथ्यतामा नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौंमा लगभग हजारौं दर्शक माझ टीका बम्जन एकल साँझ नामक कार्यक्रम समेत सम्पन्न गरेपछि उहाँको कृयाशिलता थप उचाइमा पुगेको छ ।
सामाजिक सक्रियता समेत रहेका घिसिङ भन्छन् “अब आयोजना हुने जुनसुकै कार्यक्रम बाट उठेको रकम समाज सेवा गर्ने योजना छ ।” आगामी जनवरी २०१९ मा कतारको दोहामा आयोजना हुने दोस्रो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड कार्यक्रमको तयारीमा ब्यस्त रहका छन । “नेपाली सङ्गीत क्षेत्रमा लागेका स्रस्ठाहरुको सम्मान गर्न पाउन ,आफैमा ठुलो कुरा हो,त्यसमा पनि उत्कृष्ट सर्जकहरुलाई सम्मान गराउने कार्यलाई निरंतरता दिने हाम्रो अभियान हो ।” गायक घिसिङको यो मनत सीसा हो, थामी देउ हात, नशालु नयन, भेट्ने मनछ तिमिलाइ, ताल्चेली घिसिङ जस्ता दर्जनौं गीतहरु अहिले बजारमा चर्चामा छन् ।

2028 पटक हेरिएको 

