देवीराम राना मगर र सरिता छन्त्यालकाे मौलिक पञ्चेबाजा गीत ‘लगन गाँठो कसम’ सार्वजनिक !

  मन बहादुर पुन  2603 पटक हेरिएको

मन बहादुर पुन

मौलिक नेपाली लोक संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर लागि रहेका जन गायक देवीराम राना मगर र लोकप्रिय गायिका सरिता छन्त्यालको स्वरमा रहेको मौलिक पञ्चेबाजा लगन गाँठो कसम गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जन गायक देवीराम राना मगरको शव्द, लयमा रहेको लगन गाँठो कसम पञ्चेबाजाको गीतमा खि छन्त्याल, रुपा घर्ती मगर, रवी छन्त्याल, प्रतीभा छन्त्याल चित्र छन्त्यालको अभिनय, तिलक रोका मगरको निर्देशन, खबपु चन्चलको कोरियोग्राफी र दुर्लभ श्रेष्ठको छायाँकन रहेको छ ।
यो भन्दा अगाडी लोकप्रिय गायिका सरिता छन्त्याल र जन गायक देवीराम रानाका दर्जनौ गीतहरु सर्वाधिक चर्चामा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार