भरत परियार
काठमाडौं । सुदुरपश्चिमकाे अत्यन्तै लोकप्रिय देउडा भाकाकाे गीत सुन झुमा युटुवमा सार्वजनिक गरिएको छ ।
सन्जय छिनालकाे लिपिवद रहेको सुन झुमा देउडा गीतमा गायक हरिस अाैजिकाे अाफ्नै लय र सुमधुर अावाज रहेको छ । सुन झुमा गीतकाे संगीत संयाेजन दिपक संगम वि सि काे रहेको छ ।
देव मिडियाकाे उत्पादन तथा वितरणमा रहेकाे भने यस गीतलाइ सङ्स नेपालकाे युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ । देवराज अाचार्यकाे निर्देशनमा हरिस अाैजि र भुमिका सापकाेटाकाे अभिनय रहेको छ ।
सुदुरपश्चिम डडेलधुराकाे पाटनमा जन्मेका गायक हरिस अाैजिकाे याे पहिलो देउडा गीतले श्राेता दर्शककाे माया र अाशिर्वाद पाएमा अागामि दिनहरूमा यस्तै खालका गीतहरू वजारमा ल्याउने जानकारी गायक हरिसले मनास्लु पाेष्टलाइ बताए ।

745 पटक हेरिएको 

