गुरुङ चलचित्र फुङ् पौषको ६ गते बाट देशव्यापी प्रदर्शन हुँदै

  तेज बहादुर गुरूङ  1986 पटक हेरिएको

तेज बहादुर गुरूङ

काठमाडौँ ।  उत्तरी गोरखाको गुरुङ भाषामा बनेको पहिलोचलचित्र फुङ् यहि आउँदो पौष ६  गते बाट देशव्यापीरुपमा प्रदर्शन हुने भएको छ ।

प्रितम गुरुङको निर्देशनमा बनेको  चलचित्र फुङ्बने लगतै फिल्ममा प्रयोग भएको भाषाको विषयलाइ लिएर  विवादमा तानिएको थियो |

विवाद पछि लामो समय नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिमा रोकिएको उक्त फिल्म फुंङले २०७५ असोज ६ गते  मात्रै सो जाँच समिति बाट प्रदर्शनको स्वीकृति पाएको थियो |

उत्तरी गोरखाका गुरुङ समुदायको आफ्नो मौलिक भाषा तथा संस्कृतीमा आधारित चलचित्र फुंङले  सो क्षेत्रको गुरुङ समुदायको भाषिक तथा संस्कृतिक पहिचानलाई सरक्षण तथा जगेर्णामा  सहयोग पुग्ने विश्वास गरिएको छ |

चलचित्रको मुख्य भूमिकामा आइतराम गुरुङ, बुधगुरुङ,मीरा गुरुङ, सलिना गुरुङ ,तुल बहादुर गुरुङ, धने गुरुङ, खगेन्द्र गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ |

चलचित्रमा  उत्तरी गोरखा तमु समाज फुङ्,  आइतराम गुरुङ, सुमन गुरुङ,बुध गुरुङ को संयुक्त लगानी रहेको छ भने चलचित्रको बिक्रि वितरणको सम्पूर्ण जिमेवारी उत्तरी गोरखा तमु समाज फुङ्ले लिएको छ |

चलचित्र हेर्नको लागि तल क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार