
मन बहादुर पुन
काठमाडौ । नेपाली संगीत क्षेत्रमा कलाकारहरु आउछन एक दुई गीत गाए पछि हराउछन । हाम्रै अाँखा अगाडी पनि यस्ता कलाकार छन जसले आफ्नो जीबनको सबै भन्दा महत्वपुर्ण समय यहि संगीत क्षेत्रलाई सर्मपण गर्दछन कतिपयले त झन सम्पुर्ण भौतिक जीवन यहि क्षेत्रलाइ सर्मपण गर्दछन यस्तै संगीत क्षेत्रलाई २०५० सालदेखि अहिले सम्म नेपाली मौलिक लोक संगीतलाई सर्मपण गरेका चर्चित गायक,संगीतकार तथा संगीत संयोजक दुर्गा गुरुङले आफ्नो २५औ बर्ष सांगीतिक यात्राको अबसरमा यहि मंसिर २२ गते शनिवार राष्ट्रिय नाँचघर जमल काठमाडौमा दुर्गा गुरुङ एकल साँझ–२०७५ गर्ने भएका छन ।
स्रष्टा रहे संस्कृति रहन्छ, संकृति रहे पहिचान जोगिन्छ भन्ने मुल नाराका साथ हुन गइरहेको दुर्गा गुरुङ एकल साँझ– २०७५ तमु ( गुरुङ) समाज तनहुँ काठमाडौले आयोजना गरेको हो ।
२०५० सालमा लाली गुँरास कलाकेन्द्र पोखरामा बाँसुरी बाद्दबादनबाट आफ्नो संगीतिक यात्रा सुरु गरेका दुर्गा गुरुङले अहिले सम्म ६ हजार भन्दा बढि गीतहरुमा संगीत संयोजन गरिसकेका छन भने हजारौ गीतहरुमा संगीत गरेका छन ।
हजारौ गीतहरुमा आफ्नो स्वर रेर्कड गराई सकेका दुर्गा गुरुङका चिठ्ठी लाने हुलाकी दाई, चुटका(कौडा)गीत हे कान्छी, रिसिङ्ग डाँडाँ रमाइलो, झिल्के भेना, आकाशै उज्यालो, ठुलढुङ्गाको बजारैमा, बुकि फुल, सोलुजुवु गाँउ, आयौ हामी, कान्छी तिम्रो जोवन देखेर निकै चर्चामा छन ।
गण्डकी क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा, दराई लगायतका समुदायमा लोकप्रिय चुट्का (कौडा)गीतको संरक्षण, सम्बद्धन र प्रचार प्रचार गर्ने उद्देश्यले दुर्गा गुरुङ एकल साँझ– २०७५को आयोजना गरियको कार्यक्रम संयोजक शोभा गुरुङले मनास्लु पोष्टलाई बताएकिछिन ।

1588 पटक हेरिएको 

