मोड्लिङ्गको दुनियाँमा चम्कदै दिप्ती गोम्जो

  डिएन घिसिङ   908 पटक हेरिएको

डिएन घिसिङ 

मोडलिङ्गको क्षेत्रमा जम्न चाहनेहरुको लागि पहिलो प्राथमिकता हुन्छ फिजिकल्ली स्ट्रकचर। मेहनतमा खारिदै परिस्थिति अनुरुप जब अडिसनमा उतारिन्छ तब जुनसुकै इभेन्ट वा दृश्यमा दर्शकहरुको वाइ वाइ गजबले पाउँछन् र त्यही कलाकार रातरात हिट पनि हुन्छ्न,यस्तै निकै संभावना बोकेकी नब कलाकारको अग्रपंक्तिमा उभीएकी सरल स्वभावकि मोडल हुन दिप्ती गोम्जो।

पोखराको सिमपानी केसरीमा बुबा राजु तामाङ र आमा मन्जु तामाङको कोख बाट जन्मेकी दिप्ती १८औ बसन्तमा नै पोखरामा आयोजित २०१७ को मिस तामाङ पोखराको ताज पहिरियर निकै संभावनाको सुचीमा अग्रपंक्तिमा उभ्याएकी छिन । स्थानीय स्तरमा दर्जनौं मोड्लिङ्ग कन्टेस्ट भाग लिई सफलता हासिल गरेसकेकि मोडल दिप्तीको सफलता दिन प्रतिदिन सफलता तर्फ उन्मुक रहेको छ।केही तामाङ एब नेपाली आधुनिक मिउजिक भिडियोमा अभिनय दिइसकेकी उनलाई अफर प्रसस्त आएता पनि उनले आफुलाई सशक्त अभिनय मात्रै अनुबन्दित हुने इच्छाएको उनले बताए ।

हिमालय नेपाली इभेन्ट्स प्रालीको ब्यानरमा निकट भबिस्य आउने मिउजिक भिडियो र फिल्मको अफर आएपछी मोडल दिप्ती उस्तसाहित भएकी छिन ।

हिमालय नेपाली इभेन्ट्सका निर्देशक सबिन घिसिङ भन्नूहुन्छ “सृजनाको मुल्यांकन स्रस्टाको सम्मान ,नेपाली सङ्गीतको प्रबर्द्धन हाम्रो अभियान मुल नारालाई मध्यनजर गर्दै नयाँ आशालाग्दा अनुहारहरुलाई अगाडि सारेको हो ।” हिमालय नेपाली इभेन्टले नेपाली साङ्गेतिक क्षेत्रमा कृयाशिल स्रस्ठालाई सम्मान र स्थापित गर्दै आइरहेको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार