हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को नोमीनेशन तथा सम्मान कार्यक्रम सम्पन्न

  Manaslu Post  966 पटक हेरिएको

हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९को नोमीनेशन टप फाइभ प्रमाणपत्र बितरण एब सम्मान कार्यक्रम आज राजधानीमा सम्पन्न भएकाे छ ।

प्रमुख अतिथि माननीय राधीका तामाङ प्रदेश न.३ उपसभामुख ,बिशिस्ट अतिथी शम्भुजित बास्कोटा,अतिथिहरु जनजाति आयोगका सचिब रुद्र सि तामाङ ,शसस्त्र प्रहरी बलका पुर्ब एआइजी डा.कृष्ण कुमार तामाङ निर्णायकहरु मिलन मोक्तान ,पवन वाङ्ग लामा, बिक्रम जङ्ग शाह लगाएत दर्जनौं कलाकारको आतिथ्य ग्रहण गरेका थिए । सोही अबसरमा समाजमा अतुलनीय योगदान गरेका ब्याक्तित्वहरु समाजसेवी बिक्रम केशी,ज्योति घर संस्थाका अध्यक्ष बिजय लामा,खेलकर्मी उमेश गुरुङ ,समाजसेवी कृष्ण बहादुर राउत ,समाजसेवी पुर्णिमा लामा, ब्याबसायी बिनोद कार्की ,पत्रकार राजन कुबर ,समाज सेबि रजनी लामा ,सन्चारकर्मी मन बहादुर पुन,लोक गायिका अन्ना स्टीर(अमेरिका) सम्मानित भएका छन, सोही अबसरमा सम्मानित गर्दै प्रमुख अतिथि माननीय राधिका तामाङले गीत सङ्गीतले समाजलाई सकारात्मक परिबर्तन गर्न सकिने र स्रस्टा सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गरिन ।

बरिस्ठ सङ्गीतकार सम्भुजित बास्कोटाले ३७बिधाको टप फाइब नोमिनेट्लाई प्रमाणपत्र बितरण गरेका थिए ।किङ्ग्स प्यालेस क्लबको हलमा खचाखच दर्शकले भरिएको सो कार्यक्रमको सन्चालन शोभा त्रीपाठी र सिमरन स्याङ्ग्बोले गरिन ।कार्यक्र को स्वागत भाषण कार्यक्रम सयोजक डिएन घिसिङले गरे भने सबिन घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार