भारतबाट १२० किलोमिटर पैदल नेपाल आएकी अनिताले क्वारेन्टाइनमै जन्माइन् जुम्ल्याहा

दाङ-  दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो। अस्पताल पर्‍याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए। जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौँ सन्तान हुन्। कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ। ...

‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको बेला कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्...

...

लकडाउनको बेलामा नेता सिटौलाका छोराको बिहे: मुखमा मास्क, चार जना जन्ती

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे। अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्। तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए। ‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले  भने। सिटौला झापाका स्थानीय बासिन्दा हुन्। उनका छोराल...

जेठपछि मात्रै एसईईका लागि विकल्प खोजिने

काठमाडौँ, वैशाख ११ गते । कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ । स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जे...

रोगले भन्दा भोकले मर्ने पिरलो थियो, जसोतसो यहाँ पुगियो, अब बाच्ने आशा पलायो

बर्दिया । काठमाडौंदेखि पैदल हिँडेर बर्दियाका राजकुमार थारू बिहीबार साँझ भुरिगाउँको क्वारेन्टाइनमा आइपुगे । चार वर्षीया छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा आएका राजकुमारका परिवारले क्वारेन्टाइनमा पेटभरी खाना खाए । खाना खाँदैगर्दा राजकुमार घरीघरी श्रीमती र छोरीलाई हेर्थे । एकछिन आफू पनि टोलाउथे । एक सातादेखि यो परिवारको पेटभरी अन्न परेको थिएन । श्रीमती र छोरीले मज्जाले खाना खाएको देख्दा राजकुमारको ...

यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउने

भद्रपुर (झापा) : नयाँ वर्षको प्रारम्भदेखि तीन दिनसम्म तराईका आदिवासी समुदायले मनाउने सिरुवा पर्व यस वर्ष सामूहिक रुपमा नमनाउन राजवंशी विकास प्रतिष्ठानले आफ्नो समुदायलाई आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको र यसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउन आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीका बताए । ...

नेपाल-भारत सीमामा कडाई , ९२५ नाकामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ,  । नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि...

मिस वल्र्ड मानुषीलाई छटपटी

मुम्बई । मिस वल्र्डकी विजेता ऐश्वर्य राय बच्चनदेखि थुप्रै सुन्दरी बलिउड नगरीमा नायिकाका रूपमा आए । यसै क्रममा सन् २०१७ की मिस वल्र्ड विजेता भारतीय सुन्दरी मानुषी चिल्लरलाई पनि दर्शकले नायिकाका रुपमा पर्दामा देख्न पाउने भएका छन् । मिस वल्र्डको ताज जित्ने उनी छैटौं भारतीय हुन् । हरियाणा राज्यकी यी सुन्दरी नयाँ फिल्म ‘पृथ्वीराज’मा मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन् । शाहसिक भारतीय राज पृथ्वीराजको ...

गायिका कनिकाको कोभिड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो । उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए । तर, अब कनिकाको छैटौं...