रामबाबुको नयाँ फिल्म ‘फूलबारी’को मुख्य भूमिकामा मिरुना मगर

  Manaslu Post  244 पटक हेरिएको

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ले क्स अफिसमा धमाका गर्यो। घरेलु बक्स अफिसमा बनेका सबै रेकर्ड ब्रेक गरेको यो फिल्मले गर्दा निर्देशक गुरुङले विवादको सामना गर्नुपर्यो। फिल्मकी नायिका मिरुना मगर र फिल्म हेर्न आएका फुर्वा तामाङबीचको विवादले उद्योग तात्यो।

सिक्किममा फिल्मको प्रदर्शन रोकियो। यो विवादको किनारा अझै लागिसकेको छैन। फुर्वाले मिरुनाले आफूलाई हातपात गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्। यही बीच निर्देशक गुरुङले नयाँ फिल्म निर्माणको घोषणा गरे। धेरैले सोचेका थिए – रामबाबुको नयाँ फिल्म ‘फूलबारी’मा मिरुना अटाउने छैनन्। तर नयाँ फिल्ममा पनि उनले मिरुनालाई लिएका छन्।

उनको नयाँ फिल्ममा दयाहाङ राई र विपिन कार्की बाबु-छोराको भूमिकामा देखिँदै छन्।

फिल्ममा प्रियंकाका कार्की पनि देखिनेछिन्। चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा मिरुना पनि अनुबन्धित भएकी हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार