अभिनेत्री निरुता सिंह र रेखा थापा २० वर्षपछि चलचित्रमा सँगै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  202 पटक हेरिएको

काठमाडौं । अभिनेत्री रेखा थापा र अर्की अभिनेत्री निरुता सिंहलाई दुई दशकपछि पर्दामा सँगै देख्न पाइने भएको छ । यी दुई अभिनेत्रीले २०६२ सालमा चलचित्र ‘दुई पल’मा एकसाथ काम गरेका थिए । दुई दशक पछि रेखाले फेरी निरुतालाई आफूसँग काम गर्न मुम्बईबाट नेपाल बोलाएकी छिन् । अब अभिनेत्री रेखा र अर्की अभिनेत्री निरुताले नयाँ चलचित्र ‘३६ को आँकडा’मा पर्दा शेयर गर्ने भएका छन् ।

त्यसो त अभिनेत्री निरुता सिंहले ६ वर्ष अघि नेपाल आएर दुई वटा चलचित्र ‘दाल भात तरकारी’ र ‘क्याप्टेन’मा अभिनय गरेकी थिइन् । त्यसपछि मुम्बई फर्केर दाम्पत्य सम्बन्धमा बाँधिएकी यी अभिनेत्री विवाह पछि बल्ल ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी हुन् ।

चलचित्र ‘३६ को आँकडा’को काठमाडौँमा सोमबारबाट छायांकन सुरु भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बईबाट आइतबार राती नेपाल आएकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै ६ वर्ष पछि चलचित्रमा काम गर्न लाग्दा आफू अत्यन्तै उत्साहित रहेको बताएकी छिन् ।

आइतबार बेलुका सञ्चारकर्मीसँगको भेटमा निरुताले भनिन,‘विवाहपछि श्रीमानलाई समय दिनु पर्ने भएका कारण केही वर्ष म चलचित्र अभिनयबाट टाढा रहेपछि चलचित्रको ’boutमा जानकार थिएँ । त्यति बेला मलाई कोरोना भएका कारण एउटा चलचित्रको लागि म नेपाल आउन सकिन र मुम्बईमै रहेँ, अब म निरन्तर नेपाली चलचित्रमा काम गर्ने छु ।’

अभिनेत्री निरुताले आफूलाई दर्शकमाझ नायिकाको रूपमा नेपाली चलचित्रले चिनाएका कारण अब आफू चलचित्र भन्दा टाढा रहन नसक्ने पनि स्पष्ट पारेकी छिन् । विवाह पछि समेत केही चलचित्रमा कामको लागि प्रस्ताव आएको भए पनि श्रीमानलाई समय दिने विचार र घरायसी कामले गर्दा आफूले ती चलचित्रमा काम गर्न नपाएको उनले बताइन् ।

छायांकन सुरु भएको यो नयाँ चलचित्रमा अभिनेत्री निरुताको चरित्र के हो भन्ने खुलाइएको छैन । निरुताले पनि आफूलाई चरित्रको ’boutमा स्पष्ट सँग जानकारी नगराएको बताएकी छिन् ।

यो चलचित्रका निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताएका छन् । यो चलचित्रमा अभिनेत्री निरुतालाई नै लिनुको कारण’bout सविरले आइतबार बेलुका सञ्चारकर्मीसँग भने, ‘मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही चलचित्रहरूमा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न नपाएको कारण यो चलचित्रमा उहाँसँग काम गर्न लागेको हुँ,’ कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने हुँदा यो चलचित्रमा पनि निरुता सिंहले नै निर्वाह गर्नु पर्ने भूमिका रहेको पनि निर्देशक सविरले बताए । सोही कारण निरुतालाई नेपाल बोलाएको पनि उनले जानकारी गराए ।

चलचित्र ‘३६ को आँकडा’को छायांकन अवधि ४५ दिनको राखिएको छ । यो चलचित्रमा निरुता सिंहसँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्कालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । आगामी दसैँसम्म यो चलचित्रको छायांकन सक्ने लक्ष्य आफूहरूको रहेको पनि यसका निर्देशक सविरले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार