देवीराम राना मगर र देवी घर्तीको मौलिक गीत ‘स्याम्मै मायालाई’ सार्वजनिक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  373 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौँ । देवीराम राना मगर र देवी घर्तीको स्वरमा रहेको मौलिक गीत ‘स्याम्मै मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । लोपोन्मुख मौलिक गीतलाई देवीराम राना मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देवीराम राना मगरको शब्द, लय रहेको मौलिक गीत ‘स्याम्मै मायालाई’ गीतमा अमर रोका मगरको संगीत संयोजन, कृष्ण पुनको मिक्सिङ र मास्टरिङ रहेको छ । ‘स्याम्मै मायालाई’ गीत म्यूजिक बैंक नेपाल ,अनामनगर, काठमाडौमा रेकर्डिङ भएको थियो ।

बिजय पुनको निर्देशन, संजय बुढाथोकी मगरको छायाँकन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा बिजय पुन र ममता राना मगरको अभिनय रहेको छ । लोकप्रिय गायक देवीराम राना मगरको यो भन्दा अघिका मौलिक दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार