काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । अाइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने माैकामा सुवेदी १ लाख घुस लिइसकेपछि पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
त्यस्तै सुर्खेतमा ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र जवान लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले १५ हजार घुससहित पक्राउ परेका छन् ।