डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि ...

“टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न, दर्शकहरु नअटाएर फर्किए

काठमाडौं, । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । “टिका पुन सांगीतिक साँझ” बरिष्ठ गायक...

मेरो मन कहिल्यै बुढो हुँदैन – राजेश हमाल

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै नायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रका...

टीका पुन एकल साँझ माघ २१ गते हुँदै

काठमाडाै । लोक दोहोरी गायिका टीका पुनको एकल साँझ हुने भएको छ । आज रिपोर्टस क्ल्वमा सर्जक उदिराम खड्काको अध्यक्षतामा चर्चित गायक राजु परियार प्रमुख अतिथि, गायक कृष्ण कँडेल, गायिका मिना लामा, गायक/संगीतकार मन बहादुर पुन, गायक अमृत खाँती, गायिका करिष्मा घर्ती मगर, गायक/ सञ्चारकर्मी राज कुमार रायमाझी, पत्रकार /निर्देशक प्रकाश बराइली अभिव्यक्तीको आतिथ्यमा पत्रकार सम्मेलन गरि यहि माघ २१ गते ‘टीका पुन...

विश्वकिर्तिमानी लक्षु प्रकाश मल्लको ‘त्यही रहेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । विश्वकिर्तिमानी लक्षु प्रकाश मल्लको आवाजमा रहेकाे ‘त्यही रहेछ’ बोलको गीत सार्बजनिक भएको छ । स्टार म्युजिक सेन्टरको अफिसियल युटुब च्यानलमार्फत ‘त्यही रहेछ’ गीतको म्युजिक भिडियो बजारमा अाएकाे छ । मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको थियो। ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो। संगीतले नयाँ किर्ती...

पल शाहलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन

बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका नायक पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ। शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए। नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैय...

दयाहाङ राई र मिरुना मगरको ‘जारी’ वैशाखमा

अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ वैशाखमा रिलिज हुने भएको छ। निर्माता  रामबाबु गुरुङले फिल्मको प्रदर्शन मिति वैशाख १ लाई लक गरेको जानकारी दिएका छन्। कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन्। सुब्बा कबड्डी सिरिजका लेखकसमेत हुन्। फिल्ममा दया र मिरुनाका साथमा प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोय...

पपस्टार म्याडोनाको टिकटक भिडियोले विश्व चकित, आफू ‘गे’ भएको खुलासा

काठमाडौं । आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ । भिडियोको क्याप्सन छ- इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको छेकोमा यो भएको थियो । ८० वर्षको उमेरमा यो के भइरहेको छ ?’ एक टिकटक प्रय...

लिम्बूहरुको ऐतिहासिक निशान नाच प्रदर्शन

ताप्लेजुङ, असोज १८ गते । छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पुस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष बडादशैंको महानवमीका दिन निशान नाच प्रदर्शन गर्ने गरिएको छ । सोहीअनुसार यस वर्ष पनि लिम्बू समुदायले नाच प्रदर्शन गरेका हुन् । विगतमानझैँ यस वर्ष पनि थर्पुको म...

सुन्दर देखिन के खाने ?

अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। छाला स्वस्थ सुन्दर बनाउन के खाने? अमला, कागती र भेडेखुर्सानी भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी...