आगामी भाइटिकामा ‘सोल्टिनी’ रिलिज हुने

काठमाडौं । चलचित्र ‘सोल्टिनी’ अब आगामी भाइटिकाको अवसर पारेर ६ कात्तिकमा रिलिज हुने भएको छ । यस अघि यो चलचित्र संविधान दिवसको अवसरमा ३ असोजमा रिलिजको घोषणा गरिएको थियो । तर ३ असोजमा ‘जारी २’ रिलिज हुने भए पछि यो चलचित्र ६ कात्तिकमा रिलिज मिति घोषणा गरिएको हो । चलचित्र निर्माणको जिम्मा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको टिमले लिएको छ । यसको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लाग...

लुनाले चुमिन ‘मिस नेपाल वल्ड २०२५’ को उपाधि

काठमाडौं । यस वर्षको मिस नेपाल वल्डको उपाधि लुना लुँइटेलले जितेकी छिन् । शनिवार बेलुका ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनाले समारोहको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै लुना ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन् । उनले उपाधिसँगै आगामी वर्ष जुनमा केन्यामा आयोजना हुने ‘मिस वल्र्ड २०२६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्...

दुबईकी राजकुमारी फ्रेन्च र्‍यापरकाे प्रेममा मस्त

दुबईकी राजकुमारी शेखा महरा मोहम्मद रसिद अल मकतौम फेरि एकपटक चर्चामा आएकी छन् । उनले पहिला इन्स्टाग्राममा श्रीमान्सँग सम्बन्धविच्छेदको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् र अहिले प्रख्यात र्‍यापर फ्रेन्च मोन्टानासँग उनको इन्गेजमेन्टको खबरले हलचल मच्चाएको छ । ३१ वर्षीया राजकुमारी र ४० वर्षीय र्‍यापरले सन् २०२५ को जुनमा पेरिस फेसन विकको दौरान इन्गेजमेन्ट गरेकाे खबर बाहिरिएकाे छ । यो जोडी गत वर...

चलचित्र निर्माणमा उत्रिए गायक रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा उत्रिएका छन् । उनले आफ्नो चलचित्रको नाम ‘मालती मंगले’ राखेका छन् । बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा उनको यो चलचित्रको शुभ मुहूर्त गरिएको छ । बिहीबारबाट यो चलचित्रको छायांकन शुभारम्भ गरिएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार यो चलचित्रको काठमाडौँ सहित तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिँदै छ । का...

सुप्रिया र माया भए मिस एन्ड मिसेस् गुरुङ

काठमाडौं । तिजको अवसर पारेर काठमाडौँमा सोमबार बेलुका सम्पन्न ‘मिस एन्ड मिसेस् गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले प्राप्त गरेका छन् । समारोहमा मिसेस्तर्फ फष्ट रनर अप मायादेवी गुरुङ, सेकेन्ड रनर अप गंगा गुरुङ, थर्ड रनर अप पूर्णिमा गुरुङ र फोर्थ रनर अप मुना घले घोषित भए । यस्तै, मिसतर्फ फस्ट रनर अप अनिता गुरुङ, सेकेन्ड रनर अप इसा गुरुङ बन्न सफल भए । कार्यक्रममा पब्लिक च्वाइस अवा...

करिष्मा मानन्धरको तीज सन्देश….

काठमाडौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन् । मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभ...

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो : नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्। उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकता...

सबैभन्दा बढी कमाउने लभस्टोरी मुभी सायरा

मुम्बई । आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् । सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार ६५ करोड रुपैयाँ कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन ३२६.८० करोड पुगेको छ । वारः २ र कुली आए पनि यो ...

साहित्यकार ईन्दिरा निरौलाको “ए आमा म जिउदै मरे” गीत सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा धेरै नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटिएर निर्माण गरिएको साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ...

अभिनेत्री निरुता सिंह र रेखा थापा २० वर्षपछि चलचित्रमा सँगै

काठमाडौं । अभिनेत्री रेखा थापा र अर्की अभिनेत्री निरुता सिंहलाई दुई दशकपछि पर्दामा सँगै देख्न पाइने भएको छ । यी दुई अभिनेत्रीले २०६२ सालमा चलचित्र ‘दुई पल’मा एकसाथ काम गरेका थिए । दुई दशक पछि रेखाले फेरी निरुतालाई आफूसँग काम गर्न मुम्बईबाट नेपाल बोलाएकी छिन् । अब अभिनेत्री रेखा र अर्की अभिनेत्री निरुताले नयाँ चलचित्र ‘३६ को आँकडा’मा पर्दा शेयर गर्ने भएका छन् । त्यसो त अभिनेत्री निरुता सिंहल...