काठमाडौं – क्यानभासमा रमाउने ज्योति प्रकाश बिकेले कुचीसँगै संगीतलाई पनि आफ्नो सिर्जनाको माध्यम बनाउने गरेका छन् । चित्रकारिताले बिकेलाई समाजमा सम्मान र जिविका दुवैको अवसर जुटाइदियो । यतिबेला भने मनको सौख पूरा गर्न उनी संगीततिर होमिएका छन् । ‘पहिले समाजसँग जुध्न गाह्रो थियो,’ उनले सुनाए ‘अहिले राम्रो सिर्जनाका लागि आफैंसँग जुध्न परेको छ । चित्रकारितासँगै संगीत पनि सँगै लिएर जाने उद्देश्यले यतातिर...
कलाकारिताको रंग र संगीतको सुरमा ज्योति
